महोत्तरी । बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित् हुनु हुन्छ। रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ ।
अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि सरस्वती चिन्तित् बन्नुभएको छ ।
वाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र हैन रामवती मण्डलको पनि उस्तै अवस्था छ । वर्षात्को कारण बर्सेनि डुबानको समस्या झेल्दै आउनु भउएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउनु हुन्छ ।
थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि कसो गर्ने होला भन्ने चिन्ता थपिदै गएको छ । ‘अब खै यसपालि त भोकमारी नै लाग्ला जस्तो छ,’ उहाँले भन्नुभयो। सरस्वती र रामवतीको जस्तो खेतबारी डुवान मात्र हैन एकडारा –६ गनरापुरामा कयौँ घरसमेत बाढीको चपेटामा परेका छन् ।
गनरापुराका कै रविशंकर दासको परिवार यतिबेला घर न घाटको बनेका छन् । कुलोसँगै जोडिएको उहाँको घर डुमानमा परेको छ । पानी पस्न नपाएको एउटा कोठामा परिवारका सबै सदस्य बसेर गुजरा गरिरहेको दासले बताउनु भयो ।
बाढीले खेत गेग्रानमा परिणत भएका छ । लगाइएको धानबाली नष्ट भएको छ भने खेल पोखरीजस्तै देखिएका छन् । बाढीले सडक सञ्जाल पनि नोक्सान गरेको छ ।
‘सानो वर्षापछि आएको बाढीले त बितन्डा मच्चाइरहेको छ भने ठूलो वर्षा भएमा के हुन्छ होला,’ ७० बर्षिय सुरदेव यादव चिन्ता व्यक्त गर्छन् ।
अघिल्लो बर्ष रातु नदीको २ सय घर परिवारलाई नोक्सान पुर्याएको थियो ।
हामीलाई यो कुलोले निक्कै समस्या बनाउदै आएको छ । बसेनि यही कुलाको कारण धेरै घरबारविहीन बन्नुपरेको थियो,’ विगत सम्झिँदै जगदिश दास भन्नुहुन्छ ।
कुलोमा आउने वाढीले एकडाराको गनरापुरा मात्र हैन पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी, थरवाइ, सक्री, नेनी, बासुपट्टीलगायत स्थान डुबानमा पर्ने गरेका छन् ।
यस वर्ष आएको बाढीले करिब तीन सय बिघा खेत डुबानमा परेको छ भने ३० घरपरिवार जोखिममा छन् । स्थानीय सरकारले आफूहरुको समस्यालाई बेवास्ता गरेको पीडितहरुको गुनासो छ । तर, उनीहरुको समस्याप्रति आफूहरुको ध्यानाकर्षण भएको एकडाराका गाउँपालिकाका अध्यक्ष दिपनारायण यादवले बताउनु भयो।
विशाल बस्नेत/न्युज कारखाना
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका