काठमाडौं क्षेत्र नं ९ (क) प्रदेशस्तरीय कांग्रेस कार्यकर्ता भेला सम्पन्न

Read Time = 5 mins

काठमाडौं  । नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ९ (क) प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

मंगलबार जनताको साथमा कांग्रेस अभियान अन्र्तगत प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको हो ।

भेला कार्यक्रममा नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितले कांग्रेसलाई जिताउन टोलदेखि केन्द्रसम्म सबै एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । यसका निम्ति कांग्रेसले गरेका हरेक कार्यलाई जनतासंग अन्तरक्रियात्मक कार्यक्रम गरी आगडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
युवादेखि बृद्धसम्ममा राजनीतिक चेतना ल्याई सक्रियतापूर्वक चुनावमा होमिन सबै कार्यकर्ताहरुलाई आग्रह गर्दै उहाँले पार्टीले टिकट दिएका उमेद्वारलाई स्वतःस्फुर्त रुपमा सहयोग गर्न पनि सुझाव दिनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अर्थविद् डा.गोविन्द पोखरेलले विपिको समाजवाद नीतिलाई आत्मासाथ गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले कांग्रेसले धेरै विकासका कार्यक्रमहरुलाई धेरै गरेको उल्लेख गर्दै त्यसलाई जनता सामु प्रस्फुटन गर्न नसक्नु पार्टीको कमजोरी रहेको औंल्याउनु भयो ।

भेलामा उहाँले विकासको मुल फुटाउने कांग्रेस नै भएको दाबी गर्दै खुल्ला अर्थनीति, निजी क्षेत्रको व्यापारीकरण, सन्तुलित समाजवाद, गतिशिल अर्थतन्त्र, सहभागीतामुलक लोकतन्त्रको पक्षधर कांग्रेस पार्टी रहेको बताउनु भयो । यही अवधारणा अनुसार मुलुकले अर्थतन्त्रमा फड्को मारेको बताउनु भयो ।

विकासोन्मुख देशतिर लैजान उत्पादन स्रोतको खोज, व्यवस्थापन, तरुणको परिचालन, विदेश पलायनलाई फर्काउने तथा रोक्ने, सहरीकरण व्यवस्थापन गर्ने, राजस्व संकलनमा जोड र व्यवस्थापन, करलाई सहज बनाउने, उद्यमसिल बन्न उत्प्रेरणा दिने, छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध सुधार गर्दै स्थानीय स्रोत र साधनको पहिचान गरी व्यवस्थापन र उत्पादनमा जोड दिनुपर्नु आवश्यकता रहेको औल्याउनु भयो ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य नानु बास्तोलाले संविधानको रक्षा र संघीय लोकतन्त्रको संरक्षण गर्न कांग्रेसलाई जिताउन अपरिहार्य रहेको बताउनु भयो । सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥र्याउन कांग्रेस नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ ।
त्यस्तै कार्यक्रमका काठमाडौं क्षेत्र नं ९ (क) का सभापति मोहन कुमार बस्नेतले जनताको साथमा कांग्रेस अभियानलाई सफल बनाउन सबै तह र तप्काका व्यक्तिहरुको आवश्यकता रहेको बताउनु भयो ।

भेलामा उहाँले चुनाव केन्द्रित गरेर टोल तथा इकाईदेखि सबै निकायहरुमा कांग्रेसको एजेण्डामा गहन रुपमा जनतासँग छलफलमा लैजानु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले व्यक्ति भन्दा पार्टीलाई माथि उठाउन सबै कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले युवालाई राजनीतिमा ल्याउन चुनौती रहेको उल्लेख गर्दै उनीहरुमा राजनीति चेतना जगाउन पर्नेमा जोड दिनुभयो । राजनीतिक स्थायित्वको लागि समय सापेक्ष रुपमा अगाडि बढ्नु पर्ने, जनतामुखी कार्यक्रम ल्याउनु पर्ने, विदेश पलायनबाट युवाहरुलाई जोगाउनु पर्ने, तालिमको व्यवस्था गरि दक्ष जनशक्ती उत्पादनमा जोड दिनुपर्ने बताए । उनले हालको बेरोजगार समस्यालाई मध्यनजर गरी व्यवसायिक र आत्मानिर्भर शिक्षा अवबलम्बन गरी अगाडी बढ्ने पार्टीको एजेण्डा रहेको बताउनु भयो ।

कार्यक्रमा पुर्वराज्यमन्त्री तिर्थमान डंगोल, महानगर सभापति निलकाजी श्रेष्ठ, क्षेत्र नं ९(क) का क्षेत्रीय सभापति जयकृष्ण महर्जन लगायतले आ आप्mनो धारणा व्यक्त गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?