बलात्कारको मुद्दामा पल शाहलाई सफाइ, बाल यौन दुरुपयोगको कसुरमा भने अढाई वर्ष जेल सजाय

Read Time = 1 min

काठमाडौं । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ ।

जिल्ला अदातल, नवलपुरले अभिनेता शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको भएपनि बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला आएको छ ।

जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेको हो ।
गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो ।

उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?