गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा : फैसला दुर्भाग्यपूर्ण

Read Time = 1 min

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ ।

चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उहाँको भनाइ छ । चलखेल, दवाव र 'सेटिङ'ले कसरी संवैधानिक अंगलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो रहेको उहाँले बताउनु भयो ।

'कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम माननिय कुमार रेग्मी र माननिय तिलप्रसादको इजलासले गर्‍यो ? यसको जवाफ यहाँहरूले दिनुपर्छ । ओठें जवाफ दिन सकिएला, तर उहाँहरूको अन्तर्आत्मालाई जीवनभर पोलिरहने छ,' उहाँले भन्नुभयो ।

कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ ? भन्दै उहाँले प्रश्न गर्नुभएको छ। यसका साथै उहाँले अदालतको फैसला भने मान्य बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?