काठमाडौं । किङडम र लोयल्टी चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । किङडमले एन्जल्स हार्टलाई ६१-२६ ले पराजित गर्यो । किङडमको जितमा मनोज तामाङले ३५ अंक योगदान गर्नुभयो । निङमा शेर्पाको २२ अंक सहयोगमा लोयल्टीले रिलायन्स पब्लिकलाई ४८-२२ ले हरायो ।
सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८-४० तथा ग्रिनल्याण्डले स्कोलर्स होमलाई ४७-३३ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनायो । भ्याली पब्लिकका अनमोल गुरुङले १८ तथा ग्रिनल्याण्डका सुरेश बिसीले १७ स्कोर गर्नुभयो । सेमिफाइनलमा लोयल्टीको भेट किङडमसँग हुनेछ भने भ्याली पब्लिकले ग्रिनल्याण्डविरुद्ध खेल्नेछ ।
सिनियर गल्र्समा एचएचसिएले तिरूपतिलाई ११-१०, ग्रिनल्याण्डले टिआइएलाई २१-८ र भ्याली पब्लिकले आयोजक केभिकेएसएसलाई २८-७ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । एचएचसिएकी रेश्मा तामाङले ११, ग्रिनल्याण्डकी परी गुरुङले ११ र भ्याली पब्लिककी लोरिशा गौतमले १२ अंक बटुल्नुभयो । पृथ्वी पनि विन्डी हाउसबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनल भ्याली पब्लिक र पृथ्वी तथा ग्रिनल्याण्ड र एचएचसिएबीच हुनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका