‘प्रेम गीत-३’का ‘हर युग होस्’ सार्वजनिक

Read Time = 1 min

काठमडौं । चलचित्र ‘प्रेम गीत-३’को नयाँ गीत ‘हर युग होस्’ सार्वजनिक गरिएको छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीत सार्वजनिक गरिएको हो । एलिस कार्कीको संगीत रहेको गीतमा शब्द राजेशकुमार श्रेष्ठको छ । प्रदीप खड्का र कृष्टिना गुरुङलाई फिचरिङ गरिएको प्रेमिल गीतको भिडियोमा चलचित्रका दृश्य समावेश छन् ।

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्र असोज ७ गतेदेखि नेपाल र भारतका सिनेमाघरमा एकसाथ आउँदै छ । चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?