पर्सा मिलन केन्द्रमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । पार्सा मिलन केन्द्र काठमाडौंले नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रको हालै सम्पन्न १८औं वार्षिक साधारणसभाले ई. उमेशकुमार गुप्ता (रौनियार) को अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

निवर्तमान अध्यक्षमा महेशबहादुर श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमु सिंह सिजापती, उपाध्यक्षमा अताउल्लाह अन्सारी, महासचिवमा ललनप्रसाद साह, कोषाध्यक्षमा प्रदिपकुमार कुशवाह, सचिवमा किरणकुमारी गुप्ता, प्रचार सचिवमा राजवली कुशवाह (प्रमोद) र सहायक सचिवमा सविता राजकर्णिकार रहेको केन्द्रका महासचिव ललनप्रसाद साहले जानकारी दिनुभएको छ ।

त्यस्तै सदस्यमा ममता भुजेल, अजयकुमार गुप्ता, प्रा. शशिभूषण चतुर्वेदी, बृजकिशोरप्रसाद स्वर्णकार, विशेश्वरप्रसाद यादव, अजयकुमार साह, सिकेन्द्र चौधरी र औरन्जेब अहमद रहनुभएको छ । कार्यक्रम खानेपानीमन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यतामा भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?