जिडब्लुएमको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’

Read Time = 2 mins

काठमाडौं । ग्रेटवाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालस्थित आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रालिले दशैं, तिहार र छठ अवसर पारी जिडब्लुएमका गाडीको खरिदमा आकर्षक छुट प्रदान गर्ने अफर ल्याएको छ । अफर ग्रेटवाल मोटरका सबै प्रकारका गाडी अर्थात् हाभल एच ६, हाभल जोलायन, पावर र विंगल ५ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीको अभियानले ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकप्रति प्रतिबद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिएको छ । अफरअन्तर्गत जिडब्लुएमका कुनै पनि गाडी खरिदमा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ भने एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्षसम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तु समावेश छन् ।

साथै लोयल्टी बोनसका रूपमा ग्राहक स्वयं वा आफ्नो परिवारसँग कसैको पहिले नै जिडब्लुएमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । निःशुल्क एक्सेसोरिजसहित पाँच वर्षको वारेन्टी सुविधा, स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसरका साथै प्याकेजमा तीन वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?