एनआइसीको मोबाइल बैंकिङबाटै भुक्तानी सुविधा

Read Time = 1 min

काठमाडौं । एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल पेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ । नेपालमा पछिल्लोपटक डिजिटल कारोबार बढिरहेको सन्दर्भमा नेपाल पेसँगको सहकार्यबाट डिजिटल कारोबार थप नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?