हुण्डाई अफरको आई २० बज्राचार्यलाई

Read Time = 1 min

काठमाडौं । नेपालस्थित हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८‘ को बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

थापाथलीस्थित हुण्डाई सोरुममा आयोजित कार्यक्रममा विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल तथा लक्ष्मी हुण्डाईका बिक्री प्रतिनिधिले संयुक्तरूपमा पुरस्कार हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत हरेक नयाँ हुण्डाई गाडी खरिदमा ग्राहकले तीन लाखसम्म आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, स्क्र्याच कार्डमार्फत् थप एक लाखसम्म नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत् एक विजेताले हुण्डाई आई २० जित्ने मौका पाएका थिए । बम्पर लक्की ड्रअन्तर्गत काठमाडौंका लोकेश बज्राचार्यले हुण्डाई आई २० जित्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?