टिभिएसको ‘कायापलट’

Read Time = 1 min

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै कायापलट नामक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत टिभिएस मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । जसमा एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ ।

हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशालीलाई रियलमी सी ३० स्मार्टफोन प्रदान गरिने पनि कम्पनीले जनाएको छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशालीलाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार प्रदान गरिने बताइएको छ । योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा चार हजार दुई सय मासिक इउमआईमा बाइक तथा स्कुटर किन्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?