यस्तो छ तपाईंको भाद्र २२ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र २२ गते बुधबार, ई.सं.- ७ सेप्टेम्बर, २०२२ । तिथि- भाद्र शुक्लपक्ष द्वादशी, नक्षत्र- उत्तराषाढा, योग- शोभन, करण- वव, चन्द्रराशि- मकर, सूर्योदयः ५ः४५, सूर्यास्तः १८ः१६ ।

मेष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

वृष : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

मिथुन : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

कर्कट : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

सिंह : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

कन्या : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।

तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

वृश्चिक : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

धनु : सरकारी कडिकडाउको शिकार भइनेछ ।

मकर : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

कुम्भ : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

मीन : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?