नवलपुर । अभिनेता पल शाहलाई अदालतले बाल यौन दुव्र्यवहारमा साढे दुई वर्ष कैद सजाए सुनाएको छ । जबरजस्ती करणीमा सफाइ दिँदै नवलपुर जिल्ला अदालतले मंगलबार शाहलाई कैद सजाय सुनाएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
त्यस्तै, अदालतले शाहलाई २५ हजार जरिवानाको सजाय सुनाएको छ । पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने अदालतको फैसलामा उल्लेख छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बहसपछि उक्त फैसला गरेको हो ।
शाहको पक्षमा सातजना वकिल र सरकारी वकिलका तर्फबाट तीनजना वकिलले बहस गरेका थिए । उहाँविरुद्ध तनहुँ र नवलपरासी दुवै इजलासमा मुद्दा परेको थियो । गत चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो ।
२०७८ वैशाख १४ गते तनहुँको दुलेगौँडामा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेमजालमा पारेर करणी गरेको आरोप लागेको छ । शाहले १५ वर्ष नौ महिना ११ दिनकी किशोरीलाई प्रेमजालमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
गत चैतमा नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप पलमाथि लागेको थियो । पीडित नाबालिगका बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । शाहमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको थियो । पछि नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका