एक महिनामा विदेशबाट एक अर्ब ३३ करोड बढीको फलफूल नेपाल भित्रियो

Read Time = 2 mins

काठमाडौं । नेपालमा एक महिनामा विदेशबाट १ अर्ब ३३ करोड ३७ लाख ९५ हजार रुपैयाँको विभिन्न फलफूल भित्रिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विभिन्न देशबाट उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो ।

सो अवधिमा विदेशबाट २ करोड ४६ लाख ८६ हजार ५७७ केजी विभिन्न फलफूल नेपालले आयात गरेको छ ।

गत साउन महिनामा नेपालले ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ, ७ करोड ८६ लाख ३६ हजार रुपैयाँको केरा, ५ करोड ६४ लाख ३ हजार रुपैयाँको भुइकटहर, १ करोड १५ लाख २८ हजार रुपैयाँको एभोकाडो, १८ करोड ५ लाख ६९ हजार रुपैयाँको आँप र अम्बा नेपालले आयात गरेको छ ।

सोही अवधिमा नेपालले विभिन्न देशबाट ८७ लाख ५५ हजार रुपैयाँको सुन्तला, ५ करोड २० लाख ८१ हजार रुपैयाँको खरबुजा, ३ करोड २७ लाख ७४ हजार रुपैयाँको मेवा, १० करोड २ लाख १ हजार रुपैयाँको अनार आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको विभिन्न फलफूलहरु विदेशबाट आयात गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?