धनुषामा दुई किशोरीको शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । धनुषामा दुई किशोरीको शव फेला परेको छ । प्रहरीका अनुसार नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको हो ।

मृत फेला पर्नेमा नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मंगलवार दिउँसो दुबै जना घाँस काट्न भन्दै घरबाट निस्किएका थिए । शवको प्रकृति हेर्दा दुबै जना विष सेवन गरेको देखिए पनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?