उद्‌घाटनकै दिन भत्कियो पुल, रिबन काट्ने महिलालाई उद्धारकर्मीले जोगाए

हिमालय टाइम्स
Read Time = 2 mins

कंगो । लोकतान्त्रिक गणतन्त्र कंगोमा एउटा पुल उद्घाटन गर्न प्रमुख अतिथिसहित अधिकारीहरू भेला हुँदा भत्किएको छ । एउटा भिडियोमा अधिकारीहरु कार्यक्रमको क्रममा पुलको औपचारिक उद्घाटन गर्न उभिएका देखिन्छन् । पुलको एक छेउमा रातो रिबन काटेर उद्घाटन गर्न लागिएको थियो । महिलाले रिबन काट्न कैंची निकाल्ने बित्तिकै पुल भत्किन थालेको थियो ।

भिडियोमा महिला अधिकारी सहयोग माग्दै सुरक्षित ढंगले उफ्रिन खोजेको देखिन्छिन् । तत्कालै सुरक्षा अधिकारीले ढल्न लागेको पुलबाट उनलाई उद्धार गरेका थिए ।

दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पुल भत्किएपछि मानिसहरूले निर्माणको गुणस्तरको खिल्ली उडाएका छन् । आइ हररेका अनुसार उक्त घटना गत साता भएको हो । पुल भत्किएर दुई भागमा छुट्टिएको छ ।

स्थानीय खामा प्रेसका अनुसार वर्षायाममा स्थानीयलाई खोला तर्नका लागि यो सानो पुल निर्माण गरिएको हो । पुल निर्माण हुनुअघि त्यहाँ रहेको अस्थायी संरचना पनि बारम्बार भाँचिने गरेको स्थानीयले बताएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?