छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुनसरी, कपिलवस्तु, इलाम र चितवनमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका-३ फुटानीमा प्रदेश नं.१-०४-००१ प ८१३८ नम्बरको मोटरसाइकल को.१ च ७१८६ नम्बरको पिकअपमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका-२ बस्ने २० वर्षीय धिरज मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ पानीधारास्थित सडकमा लु.२९ प ४०४३ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्घाखाँची शितगंगा नगरपालिका-१३ बस्ने २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

इलामको रोङ गाउँपालिका-४ भालुझोडामा मे.१ क ६५४ नम्बरको मिनी ट्रकलाई ओभरटेक गर्ने क्रममा मे.४ प ८३५५ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-४ बस्ने ३९ वर्षीय रत्न कुमार थापा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको राप्ती नगरपालिका-९ पिङटोलमा ना.४६ प ३७९३ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय प्रेम तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?