एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ९४ हजार रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?