सय सिट भन्दा कममा कांग्रेस म्यानेज हुँदैन, बिद्रोह र बिग्रह हुन्छ : शेखर कोइराला

Read Time = 2 mins

-पुरन साह

जनकपुरधाम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक सय भन्दा कम सिट स्वीकार गरिए नेपाली कांग्रेसमा बिद्रोह र विग्रह उत्पन्न हुने बताउनु भएको छ । जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगगको सक्षिप्त कुराकानीमा नेता कोइरालाले १ सय ६५ सिटमा समेत म्यानेज र सबै खुसी हुन नसक्ने कांग्रेस पार्टी सय सिट भन्दा कममा कुनै पनि हालतमा व्यवस्थापन हुन नसक्ने र त्यसपछि विद्रोह तथा बिग्रहको स्थिति सृजना हुने बताउनु भयो ।

गठबन्धनको अर्थ गठबन्धन आवद्व अर्को दलहरुको संगठन पनि बनाइदिने, पार्टी बचाइदिने नेता जोगाइ दिने नरहेको बताउँदै उहाँले एक सय सिट भन्दा कममा कांग्रेस खुसी भए समानुपातिक मत पनि कम हुने र आगामी सरकारको नेतृत्वको अवसर पनि गुम्ने बताउनु भयो । उहाँले एक सय सिट पाए कांग्रेस ७० सिट जित्ने दावी समेत गर्नुभयो ।

नेता कोइरालाले गठबन्धन भित्र सहमती हुन अझै बाँकी रहेको बताउँदै एक दुई दिन भित्र प्रतिनिधीसभाको सिट भागबण्डाको निश्कर्ष लागेपछि प्रदेशसभाको भागबण्डामा कुराकानी सुरु हुने बताउनु भयो । कोइरालालाई स्वागत गर्द विमानस्थलमा नेता कार्यक्रताहरुको लाइन लागेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?