-डम्बर बोहरा
बैतडी । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि बैतडीबाट ४ राजनितिक दलले उम्मेदवारको नाम सिफारिस गरेका छन् । मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेकपा एमाले , नेपाली काङ्ग्रेस , नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले आआफ्नो पार्टीबाट उम्मेदवारको नाम सिफारिस गरेका हुन् ।
नेपाली काङ्ग्रेसले प्रतिनिधी सभा सदस्याका लागि १३ जनाको नाम सिफारिस गरेको छ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष समेत रहेका नेपाली काङ्ग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्द सहित १३ जनाको नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ चन्द सहित विनयध्वज चन्द , नरबहादुर चन्द , केशवबहादुर चन्द , उत्तरबहादुर ऐर , प्रताप सिह ठगुन्ना ,सुरेन्द्र ऐर , दिनेश भट्ट , शिवराज भट्टको नाम सिफारिस गरिएको नेपाली काङग्रेस जिल्ला कार्यसमिती बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो । यस्तै समानुपातिक तर्फ देव ठगुन्ना , कृष्णदत्त भट्ट , रमेश पाण्डेय र नरेन्द्र प्रशाद भट्टको नाम सिफारिस गरिएको नेपाली काङग्रेस जिल्ला कार्यसमितीले जनाएको छ । प्रदेश सभा क्षेत्र (क) बाट प्रत्यक्षतर्फ बिर बहादुर विष्ट, हरिमोहन भण्डारी ,अम्मर विष्ट र विष्णुदत्त जोशी लगायतका अन्य ८ जना र समानुपातिकतर्फ लोक राज अवस्थी, जयन्ती कुवँर लगायतका १५ जना रहेका छन् । यसैगरि प्रदेश सभा क्षेत्र (ख) बाट प्रत्यक्षतर्फ शिवराज भट्ट,तेज बहादुर चन्द , टेक राज जोशी ,पुर्णान्नद लेखक ,पूर्णचन्द्र लेखक ,ईश्वर भट्ट, घनस्याम भट्ट, नरेन्द्र दत्त जोशी लगयातका १८ जना र समानुपातिक तर्फ नरेन्द्र सिंह थापा, तृत बहादुर विष्ट ,कान्ता चन्द र कुस्मा चन्द लगायत २३ जनाको नाम सिफारिस भएको बताइएको छ ।
नेकपा एमालेबाट प्रनितिधि सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीको नाम सर्वसम्बतिले सिफारिस गरिएको नेकपा एमालेका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले बताउनुभयो । भण्डारी वर्तमान प्रतिनिधि सभा सदस्य हुन् । भण्डारी बि.स. २०७० र २०७४ मा भएको निर्वाचनमा विजयी भएका थिए । यस्तै प्रदेश सभा क्षेत्र (क) बाट जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पाल र प्रदेश सभा (ख) बाट एमाले केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य रहेका लीलाधर भट्टको नाम सर्वसम्वत रुपमा सिफारिस गरिएको उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधी सभा सदस्यका लागि नरेन्द्र कुवँर ( विजयसुन्दर) को नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य एवं बैतडी इन्चार्ज कुवँरको नाम सर्वसम्वतिले सिफारिस गरिएको उहाँले बताउनुभयो । उहाँ २०६४ सालमा भएको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै प्रदेश सभाका लागि दुई वटै क्षेत्रबाट उम्मेदवारको नाम पनि सिफारीस गरिएको छ । प्रदेश सभा क्षेत्र नम्बर (क) बाट नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका शङकर भण्डारी , रणबहादुर कुवँर , प्रेमप्रकाश भट्ट (आदित्य) , दल बहादुर धामी र धर्म सिह ऐरको नाम सिफारीस गरिएको हो । भट्ट अहिले पनि प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट चार जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर (ख) बाट डाक्टर केदारचन्द्र भट्ट , गोपाल चन्द , इश्वरी भट्ट र रमेश चन्दको नाम सिफारीस गरिएको जिल्ला संयोजक भण्डारीले जानकारी दिए । प्रदेश समानुपातिक तर्फ पार्वती नेगी , रेणु चन्द र लक्ष्मी पोखरेल बिकको नाम सिफारीस गरिएको छ ।
प्रतिनिधि सभाका लागि नेकपा एकिकृत समाजवादी पार्टीले ३ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ एसका पोलिटब्युरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्ट, समानुपातिक तर्फ माया भट्ट र लाल सिंह कार्कीको नाम सिफारिस गरिएको नेकपा एसका जिल्ल उपाध्यक्ष कृष्ण साउँदले जानकारी दिनुभयो । यस्तै प्रदेश सभा सदस्यका लागि बैतडी निर्वाचन क्षेत्र (क) बाट परमानन्द भट्ट ,नरेन्द्र विष्ट र भृकुटी चन्द सिफारिस भएका छन् । यस्तै प्रदेश सभा (ख) बाट महादेव भट्ट,राजुराम भुल र पार्वती भट्टको नाम सिफारिस गरिएको बैतडी जिल्ला कमिटी उपाध्यक्ष साउँदले बताए । उनका अनुसार प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फ परमान्नद भट्ट, नरेन्द्र विष्ट र समानुपातिक तर्फ भृकुटी चन्दको नाम सिफारिस भएको बताइएको छ । यस्तै प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ महादेव भट्ट समानुपातिक तर्फ राजुराम भुल र पार्वती भट्टको नाम सिफारिस भएको हो ।
बैतडीमा प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र र प्रदेशका दुई निर्वाचन क्षेत्र रहेका छन् । उम्मेदवार सिफारिस गरे संगै राजनितिक दलहरु निर्वाचनको तयारीमा छुटेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका