ग्रिनल्याण्ड र किङडम फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ग्रिनल्याण्ड र किङडम चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । धापासीस्थित आयोजक केभिकेएसएसको कोर्टमा ग्रिनल्याण्डले भ्याली पब्लिकलाई ३२-३० ले पराजित ग¥यो । ग्रिनल्याण्डको जितमा सुरेश बिसीले १३ अंक योगदान गर्नुभयो । साङबुको ३१ अंक सहयोगमा किङडमले लोयल्टीलाई ४८-३२ ले हरायो ।

सिनियर गल्र्सको उपाधिका लागि भ्याली पब्लिक र एचएचसीए भिड्ने भएका छन् । भ्याली पब्लिकले पृथ्वीमाथि २१-६ को सहज जित दर्ता ग¥यो । भ्याली पब्लिककी मुस्कान गुरुङले ८ स्कोर गर्नुभयो । एचएचसिएले ग्रिनल्याण्डलाई १९-१० ले पन्छायो । एचएचसिएका लागि रेश्मा तामाङले सात अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?