पेरिस । केलियन एम्बाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । पिएसजीले घरेलु मैदानमा युभेन्ट्समाथि २-१ को जित हात पारेको हो ।
पिएसजीको जितमा दुवै गोल एमबाप्पेले गर्दा युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काउनुभयो । यस जितसँगै पिएसजीले समूह ‘एच’ मा तीन अंक जोडेको छ । समान तीन अंक नै भए पनि बेन्फिका पिएसजीभन्दा अघि छ । यही समूहको अर्काे खेलमा बेन्फिकाले माकावी हाइफालाई २-० ले पराजित गरेको छ ।
यता एर्लिङ ब्राउट हालान्डको दुई गोल मद्दतमा सिटीले स्पेनिस क्लब सेभियालाई ४-० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । सिटीको जितमा हालान्डले दुई गोल गर्दा फिल फोडेन र रुवेन डियासले समान एक/एक गोल थप्नुभयो ।
खेलको २०औं मिनेटमा हालान्डको गोलबाट सिटीले अग्रता लिएको थियो । ५८औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीले अग्रता दोब्बर पा¥यो । ६७औं मिनेटमा हालान्डले फिल फोडेनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रुवेन डियासले जोओ क्यान्सेलोको पासमा गोल गर्दै सिटीलाई ४-० को सानदार जित दिलाउनुभयो । यस जितसँगै सिटी समूह ‘जी’ मा तीन अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान तीन अंक नै रहे पनि डर्टमुन्ड गोलअन्तरमा पछि छ । एफसी कोपेनहेगन र सेभिया अंकविहीन छन् ।
यही समूहको अर्काे खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले डेनिस क्लब एफसी कोपेनहेगनलाई ३-० ले पराजित गरेको छ । डर्टमुन्डको जितमा मार्काे रिउस, राफायल गुरेइरो र जुड बेलिङहमले गोल गर्नुभयो ।
यस्तै इडेन हाजार्डको एक गोल र एक असिस्टसँगै कीर्तिमानी १४ पटकको च्याम्पियन तथा साबिक विजेता रियल म्याड्रिडले स्कटिस क्लब सेल्टिकलाई उसकै मैदानमा ३-० ले पराजित गरेको छ । रियलको जितमा भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले गोल गर्नुभयो ।
यस जितसँगै रियलले समूह ‘एफ’ मा तीन अंक जोडेको छ । साख्तर डोनेस्कले पनि तीन अंक जोडेको छ । आरबी लाइप्जिग र सेल्टिकले अंकको खाता खोल्न सकेका छैनन् । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका