सेयर बजार दोहोरो अंकले घट्यो

Read Time = 3 mins

काठमाडौं । बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से ११.९७ अंकले घटेर १९३९.८८ अंकमा झरेको हो । ठूला कम्पनीकोे कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्ससमेत १.७० अंकले घटेर ३७७.३८ अंकमा खुम्चिएको छ । यस दिन दुई सय २४ कम्पनीका २९ लाख ४३ हजार सात सय ६९ कित्ता सेयर ८२ करोड ६२ लाख ३० हजार पाँच सय ८३ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका सबै समूहगत सूचक घटे पनि म्युचुअल फण्डको सूचक भने सकारात्मक देखिएको छ । सनराइज फस्टको इकाईमूल्य सर्वाधिक ७.७२ प्रतिशत, अपर हेवाखोला सेयरमूल्य ६.३८ प्रतिशत, लक्ष्मी उन्नति कोष ५.१० प्रतिशत र सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य पाँच प्रतिशतले बढेको छ । त्यसैगरी एनआइसी एशिया ग्रोथ फण्ड ४.०९, सिटिजन्स म्युचुअल फण्ड १ ४.०७, एनआइबिएल प्रगति फण्ड ४.०७ र लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य २.७० प्रतिशतले बढेको छ ।

प्राइम डिबेञ्चर ८८ को मूल्य सर्वाधिक ५.८८ प्रतिशतले घटेको छ भने उन्नति सहकार्य लघुवित्त ५.०९ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्स ४.४५, ग्रिन भेञ्चर ३.८३, समता घरेलु लघुवित्त ३.५६, नबिल इक्विटी फण्ड ३.३५, सिद्धार्थ इन्भेष्टमेन्ट फण्ड-२ को इकाईमूल्य ३.३२ र युनाइटेड इदिमार्दी एण्ड आरबी हाइड्रोपावरको सेयरमूल्य ३.३० प्रतिशतले घटेको छ । कारोबारमा आएका म्युचुअल फण्डबाहेकका १२ वटै समूहगत सूचक घटेका छन् भने व्यापार सर्वाधिक २.४३ प्रतिशत, विकास बैंक र लगानी सूचक एक प्रतिशत तथा म्युचुअल फण्ड ०.७८ प्रतिशतले बढेको छ ।

नेपाल टेलिकमको सर्वाधिक पाँच करोड १५ लाखको कारोबार भएको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६१ लाख र रिडी पावरको तीन करोड चार लाखको कारोबार भएको छ । नेष्डो समृद्ध, नबिल बैंक, अपि पावर, एनआइसी एशिया बैंक, सानिमा माई हाइड्रोपावर, फरवार्ड लघुवित्त र शिवम् सिमेन्टस शीर्ष १० कम्पनीमा उक्लिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?