माछापुच्छ्रे र कोषबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र माछापुच्छ्रे बैंकबीच कृषि कर्जा सुरक्षणसम्बन्धी सम्झौता भएको छ । बुधबार एक कार्यक्रमबीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार बैंकले कृषि व्यवसायका लागि प्रवाह गरेको तीन करोडसम्मको कर्जाको सुरक्षण कोषले गर्नेछ ।

तीन करोडसम्मको त्यस्तो कर्जामध्ये एक करोडभन्दा माथिको कर्जाको हकमा भने बैंकले कोषको पूर्वस्वीकृति लिनुपर्नेछ । यस्तो सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क ०.६ प्रतिशतमध्ये ५० प्रतिशत सरकारको अनुदानबाट बेहोर्ने र बाँकी ५० प्रतिशतमात्रै बैंकले दुई किस्तामा कोषमा बुझाउनेछ ।

कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विविध कारण कर्जा असुली नभएमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा ८० प्रतिशतसम्म भुक्तानी गर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?