एनआइसीको घरदैलो डिम्याट खाता

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । एनआइसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा प्रदान गर्ने भएको छ । व्यस्तताले डिम्याट खाता खोल्न नसक्ने ग्राहकलाई लक्षित गर्दै कम्पनी यस्तो योजना ल्याएको जनाएको छ ।

डिम्याट खाताका साथै कम्पनीले सेयर अभौतिकीकरण गर्न आवश्यक सहजीकरणसमेत गरिदिने भएको छ । कम्पनीले लामो समयदेखि एक नेपाली, एक डिम्याट खाता अभियान सञ्चालन गरी सहजरूपमा डिम्याट खाताको पहुँच सेवाग्राही माझ पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?