यामाहा फेस्टिभ हृयाट्रिक

Read Time = 1 min

काठमाडौं । यामाहा नेपालले यामाहा फेस्टिभ हृयाट्रिक नामक बृहत्तर योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई लक्षित गर्दै ल्याएको योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनै पनि बाइक वा स्कुटर खरिद गर्दा तत्कालै स्योर सट उपहारमा छ हजार रुपैयाँ नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी फिफा विश्वकप २०२२ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन तीनजनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार छठसम्म लागू हुने योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन्न चाहनेले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहनुपर्ने छैन । सीमित केही कागजपत्र देखाएमात्र ३० मिनेटमै सबै वित्तीय प्रक्रिया पूरा गरी यामाहा बाइक वा स्कुटर लिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?