आजदेखि नेपाल पूर्वाधार सम्मेलन

Read Time = 4 mins

काठमाडौं । विकासका लागि पूर्वाधार भन्ने नाराका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सिएनआई)को संयुक्त आयोजनामा नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । दिगो पूर्वाधारमार्फत् देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वाससाथ सिएनआईले सरकारसँगको साझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ ।

नेपाल पूर्वाधार सम्मेलनमा यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने दिगो विकास लक्ष्य हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुने सिएनआईले जनाएको छ । नेपालले आर्थिक वर्ष २०७९/०८० मा आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कोरोनापछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक वृद्धि हासिलका लागि पूर्वाधारमा लगानी अनिवार्य छ । नेपाल पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त भन्ने धारणालाई सुदृढ पार्ने विश्वास आयोजकको छ ।

पूर्वाधारका लागि लगानी प्रवद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहनरूपमा छलफल हुने बताइएको छ । सम्मेलनका विभिन्न सत्रमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, महानगरपालिकाका मेयरहरू, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, प्राध्यापकहरूको प्रस्तुति रहनेछन् । सम्मेलनको टाइटल स्पोन्सरमा सगरमाथा सिमेन्ट र जेसिबी, प्लाटिनम स्पोन्सरमा नेपाल इन्भेष्टमेन्ट बैंक, गोल्ड स्पोन्सरमा नेपाल दूरसञ्चार प्राधिकरण र भूमि रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरमा स्ट्याण्डर्ड चार्टर्ड, आइएमई जनरल इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?