Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचन

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ ।

बिहिवार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गर्नुभएको हो । निर्वाचनमा चन्द समूहनै विजयी भयो ।

पछिल्लो समय महासचिव रहनुभएका चन्दले ७६ मत ल्याउनुभयो । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गर्नुभयो । निर्वाचनमा कुल १२८ मत खसेको थियो ।

यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित हुनुभयो । श्रेष्ठले ८५ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्दी मनवीर छन्त्यालले ३९ मत पाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?