रुसी सेनाले नियन्त्रणमा लिएका खार्किभका धेरै वस्ती फिर्ता गरेको युक्रेनको दाबी

हिमालय टाइम्स
Read Time = 1 min

खार्किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले रुसी सेनाले नियन्त्रणमा लिएका देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरू फिर्ता गरेको दाबी गरेका छन् ।

ंयस साता हामीलाई सँग खार्किभ क्षेत्रबाट शुभ समाचा आएको छ जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, ुअहिले युक्रेनी भूभाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन ।

पछिल्ला दिनमा खार्किभ क्षेत्रमा युक्रेनी सेनाले एकपछि अर्को सफलता प्रदर्शन गरेको पर्यवेक्षकहरूले जनाएका छन् ।

युक्रेनले गत हप्तादेखि देशको दक्षिणी भागमा प्रतिआक्रमण गरिरहेको छ, जहाँ उसले धेरै गाउँहरू पुनः कब्जा गरेको दाबी गरेको छ । २४ फेव्रुवरीमा युद्ध भएपछि रुसी सेनाले खार्किभ क्षेत्रलाई आंशिक रुपमा कब्जा गरेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?