लमजुङका १८ हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । देशभर राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेसँगै लमजुङमा पनि राष्ट्रिय परिचयपत्र बनाउनेको संंख्या बढेको छ । जिल्ला प्रसाशन कार्यलय लमजुङमा हाल सम्म १८ हजार दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।

जिल्लाका आठ वटै स्थानिय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशाशनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र बनाउनेको सख्या १८ हजार दूई सय ४१ जना रहेको छ । जसमा महिला सात हजार ११७ छन् भने पुरुष ११ हजार १२४ जना रहेको प्रजिअ वैद्यले बताउनुभयो ।

वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य माग गरेपछि जिल्लाका बैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरुको लागि अनिवार्य भएपछि जिल्ला प्रसाशनमा परिचयपत्र बनाउन आउने मानिसको संंख्या वृद्धि भएको होे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?