पाकिस्तानमा मानवीय संकट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

हिमालय टाइम्स
Read Time = 1 min

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओ प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् ।

‘हामीले पाकिस्तानभित्रको अवस्थालाई नजिकबाट गहिरोसँग नियालिरहेका छौँ । घातक वर्षाका कारण धेरै पक्षमा असर परेको छ, त्यसको प्रभाव अझै पनि धेरै पर्न सक्ने देखिएको छ,’ डब्लुएचओका क्षेत्रीय निर्देशक डा. अहमद अल-मान्धरीले भने ।

पाकिस्तानमा केही समय अगाडिको वर्षा र त्यसले पारेको असर हेर्दा विगतमा कहिल्यै नभएको जस्तो बढी देखिएको उनको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?