सुनको मूल्य आठ सयले बढ्यो

Read Time = 1 min

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कायम भएको छ ।

चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?