अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कास्की र बाँकेबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका-३२ मझुवाबाट १ केजी ५ सय ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छी नगरपालिका-२ बस्ने ३१ वर्षीय चित्र बहादुर राना समेत २ जना छन् । उनीहरुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ५५२ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका-११ दशबिगाहस्थित दैलेखी सुर्खेती आयुष गेष्ट हाउसका सञ्चालक धनपति सुवेदीलाई १७० मिलिग्राम ब्राउनसुगरसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको होटलबाट १३० मिलिग्राम र सोही नगरपालिका-५ एनसीसीएनस्थित उनको घरबाट ४० मिलिग्राम गरी उक्त परिमाणको ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?