सन्दीपविरुद्ध पक्राउ पुर्जी

Read Time = 1 min

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् ।

त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका सन्दीपले एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोग लागेपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । टी-२० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ ५ गते ती किशोरीलाई जवरजस्ती करणी गरेको आरोप सन्दीप माथि छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?