राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापतिले लिए सपथ

Read Time = 1 min
A A- A+

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिनुभएको छ । राष्ट्रिय सभाका माननीय सभापतिज्यूहरूको शपथ ग्रहण कृषि समितिको हलमा भएको थियो ।

निर्विरोध निर्वाचित विषयगत समितिका सभापतिहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउनु भयो।

सपथ लिनेमा दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापति डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?