ग्रिनल्याण्ड र भ्याली पब्लिकलाई उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्रिनल्याण्ड र भ्याली पब्लिकले चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्याण्ड सिनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् ।

धापासीस्थित आयोजक केभिकेएसएसको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्याण्डले किङडमलाई ४६–४२ ले पराजित ग¥यो । ग्रिनल्याण्डको जितमा दिवस भुजेलले १७ अंक योगदान गर्नुभयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा लोरिसा गौचनको ८ अंक सहयोगमा भ्याली पब्लिकले एचएचसिएलाई २२–७ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिवस र लोरिसा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।

विजेतालाई टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, त्रियोगका निर्देशक अजित लामा, केभिकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । भदौ १४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?