लिभरपुलको लज्जास्पद हार

Read Time = 5 mins

लण्डन । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा नेपोलीसँग चार-एकको लज्जास्पद हार बेहोरेको छ । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा बुधबार राती भएको खेलमा नेपोलीको जितमा पिओटर जिलेन्स्कीले दुई तथा आन्द्रे फ्रान्क जाम्वो एनगुइसा र जियोभानी सिमिओनले समान एक-एक गोल गर्नुभयो । लिभरपुलका लुइस डियासले एक गोल फर्काउनुभयो ।

खेलको पाँचौं मिनेटमा पिओटर जिलेन्स्कीले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ३१औं मिनेटमा आन्द्रे फ्रान्क जाम्वो एनगुइसाले नेपोलीको अग्रता दोब्बर पार्नुभयो ।

४४औं मिनेटमा जियोभानी सिमिओनले गोल गरेपछि नेपोली पहिलो हाफमा ३-० ले अघि रहृयो । ४७औं मिनेटमा पिओटर जिलेन्स्कीले टोलीका लागि चौथो गोल गर्नुभयो । ४९औं मिनेटमा लुइस डियासले लिभरपुलका लागि एक गोल फर्काउनुभएको थियो ।
यही समूह ‘ए’को अर्काे खेलमा डच क्लब आयाक्सले स्कटिस क्लब रेन्जर्सलाई ४० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । आयाक्सको जितमा एड्सन अल्भारेज, स्टेभन वर्गहुइस, मोहम्मेद कुडुस र स्टेभन वर्गवाइनले गोल गर्नुभयो । यस नतिजापछि आयाक्स तीन अंक जोडेरमा समूहमा शीर्षस्थानमा रहेको छ । समान तीन अंक नै रहे पनि नेपोली गोलअन्तरमा दोस्रो स्थानमा छ । अंकविहीन लिभरपुल तेस्रो तथा रेन्जर्स पुछारमा छ ।

म्युनिख विजयी
जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगकै अर्को खेलमा इटालियन क्लब इन्टर मिलान २० गोलअन्तरले पराजित गरेको छ । बायर्नको जितमा लिरोए सानेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानोमा बुधबार राती भएको खेलको २५औं मिनेटमा लिरोए सानेको गोलबाट बायर्नले १-० को अग्रता लिएको थियो । ६६औं मिनेटमा डानिलो डि एम्ब्रुसोले आत्मघाती गोल गरेपछि बायर्न खेलमा २–० ले विजयी बन्यो ।

यही समूह ‘सी’ को अर्काे खेलमा रोबर्ट लेवान्डोस्कीको हृयाट्रिकमा क्याटलान क्लब बार्सिलोनाले भिक्टोरिया प्लेजेन पाँच–एकले पराजित गरेको छ । फ्रान्क केसी र फेरान टोरेसले समान एक गोल गर्नुभयो । भिक्टोरिया प्लेजेनका जान सेकोराले एक गोल फर्काउनुभयो । यस नतिजासँगै समूह ‘सी’ मा बार्सिलोना तीन अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहे पनि बायर्न दोस्रो स्थानमा छ । अंकविहीन इन्टर र भिक्टोरिया प्लेजेन तेस्रो र पुछारमा छन् ।

इन्जुरी समयमा गोल
च्याम्पियन्स लिगमै खेलको इन्जुरी समयमा खेलको तीनवटै गोल निस्किएको खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टाेलाई दुई–एकले पराजित गरेको हो ।

एट्लेटिकोको जितमा मारियो हर्माेसो र एन्टोइन ग्रिजमनले गोल गर्नुभयो । पोर्टाेका मेटेअस युरिवेले एक गोल फर्काउनुभयो । यही समूहको अर्काे खेलमा बेल्जियन क्लब ब्रुगले जर्मन क्लब बायर लिभरकुसनलाई १-० ले पराजित गरेको छ । क्लब बु्रगको जितमा एवाकर स्यालाले ४२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस नतिजासँगै समान तीन अंक जोडे पनि गोलअन्तरमा एट्लेटिको शीर्षस्थानमा तथा क्लब ब्रुग दोस्रो स्थानमा छ । अंकविहीन पोर्टाे तेस्रो तथा बायर लिभरकुसन पुछारमा छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?