घिमिरको ‘रैथाने चाडवाड र खानपान’ बजारमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । खाद्य वैज्ञानिक नारायण घिमिरको रैथाने चाडवाड र खानपान नामक पुस्तक बजारमा आएको छ । शिखा बुक्सले यो पुस्तक बजारमा ल्याएको हो । पुस्तकमा घिमिरेले पृथ्वीमा भएका सबै कुरा कसरी एक आपसमा जोडिएका छन् भन्ने बारे यसमा उल्लेख गर्नुभएको छ ।

नेपाली परम्परागत खानाले कसरी शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वास्थ्यको प्रवद्र्धनमा भूमिका खेल्दै मानिसमा सकारात्मक सोच तथा स्वस्थ र शालीन जीवनशैली निर्वाणमा बढवा दिइरहेको छ भन्ने तथ्यहरूसमेत पुस्तकमा उजागर गरिएको छ ।

पुस्तकमा परम्परागत नेपाली खानाका औषधीय र आध्यात्मिक फाइदाका बारेमा जानकारी समेटिएको छ । वैज्ञानिक घिमिरेले नेपाली भाषामै लेखिएको ‘नेपालमा गाँजा’ र ‘नेपाली रैथाने जडिबुटी’ नामक दुई पुस्तक गत साल नै शिखा बुक्समार्फत बजारमा ल्याउनु भएको थियो ।

घिमिरे क्यानडामा कार्यरत खाद्य तथा औषधि विज्ञ हुनुहुन्छ । दुई दशकभन्दा बढी समयदेखि खाद्य तथा औषधिको प्रयोगात्मक अनुसन्धानमा आधारित प्रयोगात्मक अनुसन्धानमा घिमिरे संलग्न हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?