‘नालापानी’ को ओएसटी सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । कात्तिक ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘नालापानी’को ओएसटी भिडियो रिलिज गरिएको छ । ओएसटी अडियोमा सुजिल कर्माचार्यको शब्द, स्वर तथा संगीत छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्र्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो ।

चलचित्र विकास बोर्डले दुई वर्षअगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’का निर्देशक रिमेश अधिकारी हुनुहुन्छ । बलभद्र कुँवर र उहाँका ६ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको निर्देशक अधिकारीले बताउनुहुन्छ ।

चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गर्नुभएको हो । प्रा.डा.धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवरु पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्रा.डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्वसहायक रथी डा.प्रेम सिंह बस्न्यातहरूसँग पटक-पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायत पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।

राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर छ । चलचित्रको एसोसिएट निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?