कोरियन बार्बी क्यु रेष्टुरेन्ट शुभारम्भ

Read Time = 1 min

ललितपुर । ललितपुर महानगरपालिकाको जावलाखेलमा कोरियन बार्बी क्यु रेष्टुरेन्ट सञ्चालनमा आएको छ । एक कार्यक्रमबीच मेयर चिरीबाबु महर्जनले उक्त रेष्टुरेन्ट उद्घाटन गर्नुभयो ।

कोरियन संस्कृति र मौलिकता नजिकबाट झल्काउने गरी कोरियन पोशाक, चित्रकलासहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्कन कोरियन बार्र्बी क्यु रेष्टुरेन्ट सञ्चालन गरिएको रेष्टुरेन्टले जनाएको छ । लामो समय कोरियामा कार्यरत रेष्टुरेन्टका सञ्चालक प्रेम गुरुङले नेपालमै पनि कोरियन खानाको स्वाद पस्किन रेष्टुरेन्ट स्थापना गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?