दराज महोत्सव हुने

Read Time = 2 mins

काठमाडौं । अनलाइन बजार दराजले आफ्नोे पहिलो ठूलोस्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ । कार्यक्रम भदौ २५ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कम्पनीले जनाएको छ । दराज महोत्सव गर्नुको मुख्य उद्देश्य दराजका ग्राहकसँग प्रगाढ सम्बन्ध कायम गर्नु रहेको बताइएको छ । दराज महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टल, बालबालिकाका लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलापसमेत रहने कम्पनीले जनाएको छ ।

दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले भन्नुभयो, ‘दराजमा हामी जति जे अभियान गर्छौं, ग्राहकलाई सधैं प्राथमिकतामा राख्ने गरेका छौं र यो महोत्सव पनि अपवाद छैन । दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहोस् भन्ने हाम्रो सुरुदेखि मनसाय रहेको छ ।’ महोत्सवमा सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारको प्रस्तुतिका साथै मनोरञ्जनको एक उत्कृष्ट उत्सव रहने कम्पनीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?