फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

Read Time = 3 mins

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक्स्पो उद्घाटन गर्दै फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा थप प्रवद्र्धनका लागि सरकार, व्यवसायी मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

एक्स्पो आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले व्यवसायीको पहलले मात्र निर्यातको बाटो पहिल्याउन सजिलो नभएको भन्दै राज्यले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि नै एक्स्पो आयोजना गरिएको उहाँको भनाइ थियो । पाँच दिनसम्म चल्ने एक्स्पोले फर्निचर तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिस्थापन गर्न टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार विभिन्न ब्राण्डका प्रदर्शकले वस्तु तथा सेवा हेरी अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेजलगायतका सेवा तथा उत्पादन अफरमा उपलब्ध गराउनेछन् । साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था रहेको छ ।

एक सयभन्दा बढी प्रदर्शनी कक्ष रहेको एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क रहेको छ । प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजी पे रहेको छ भने नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सहयोग रहेको छ ।

किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरसेन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रूपमा रहनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?