युनाइटेड सोसिडाडसँग घरमै हार्यो, आर्सनलको विजयी शुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युरोपा लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेड घरेलु मैदानमा स्पेनिस क्लब रियल सोसिडाडसँग १-० ले पराजित भएको हो ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा सोसिडाडको जितमा दोस्रो हाफका ब्राइस मेन्डिसले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा गोल गरेका थिए ।

बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवाव सिर्जना गरेपनि फिनिसिङमा चुक्दा युनाइटेड घरेलु मैदानमा पराजित हुन पुग्यो ।

इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुआत गरेको छ । बिहीबार राति भएको खेलमा एफसी जुरिचलाई २-१ गोल अन्तरले हराउँदै आर्सनलले सुखद सुरुआत गरेको हो ।

खेलको १६ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा मिर्लिन्डले पेनाल्टीबाट गोल गर्दै जुरिचलाई १-१ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ६२ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए । यस जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ए को आर्सनल शीर्ष स्थानमा रहेको छ ।

यही समूह ‘ई’ को अर्को खेलमा एफसी सेरिफले ओमोनिया निकोसियालाई ३-० ले पराजित गरेको छ ।

यस नतिजासँगै सेरिफ ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि सोसिडाड दोस्रो स्थानमा तथा युनाइटेड तेस्रो तथा निकोसिया पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?