लागुऔषध र हतियारसहित युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सिरहा । सिरहामा प्रहरीले लागुऔषध र विभिन्न हतियारसहित एक युवकलाई प्रकाउ गरेको छ । भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका-१७ कमला बाँधबाट कल्याणपुर-२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई पक्राउ गरेको हो ।

विशेष सुराकको आधारमा प्रहरीले साइकलमा आइरहेका मन्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्यावलेट, ३ पिस एम्पुल, तरबार, फर्सा एक/एक थान, फाइटर रिङ ६ थान, पेस्तोलजस्तो देखिने लाइटर एकथानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिनुभयाे ।

यस सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?