माओवादी केन्द्र भोजपुरले गर्यो उम्मेदवार सिफारिस

Read Time = 1 min

भोजपुर । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) भोजपुरले उम्मेदवारको नामावली सिफारिस गरेको छ ।
प्रतिनिधिसभाको लागि भोजपुरको एउटा मात्र निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तर्फ अजम्वर काङमाङ राई, बिमल खडका र सुदन किराँतीको नाम सिफरिस गरिएको छ । समानुपातिक तर्फ एक बहादुर राई र दुर्गा राईको नाम सिफारिस भएको छ । प्रदेशसभा (क) को प्रत्यक्ष तर्फ दिलकुमार राई, राजेश खतिवडा र हर्कराज राईको नाम पठाइएको छ भने समानुपाातिकमा एक जना बबिन्द्र रसाइलीको मात्र नाम समावेश छ ।
यस्तै प्रदेससभा (ख) को प्रत्यक्ष तर्फ सन्दिप राई र समानुपातिकका लागि मनिका राई र सम्झना राईको नाम सिफारिस गरी पठाइएको माओवादी केन्द्र भोजपुरले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?