सर्लाही । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले सर्लाहीको क्षेत्र नं ४ बाट वर्तमान सांसद डा अमरेशकुमार सिंहको नाम पनि सिफारिस गरेको छ ।
कांग्रेसको क्षेत्रीय कार्य समितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो । जिल्ला कार्य समितिले पनि क्षेत्रीय कार्य समितिले सिफारिस गरेको नामलाई नै प्रदेश कार्य समितिमा सिफारिस गरेर पठाएको थियो । तर प्रदेश कार्य समितिले भने सांसद सिंहको नाम पनि सिफारिस गरेको हो । सिंहले आफू पनि आकाक्षी हुँदाहुँदै क्षेत्रीय कार्य समितिले आफूलाई निषेध गरी नाम नै सिफारिस गरेको भन्दै प्रदेश समितिमा निवेदन दिनुभएको थियो ।
कांग्रेस मधेश प्रदेश प्रदेश कार्य समितिका सदस्य एवं प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले प्रदेश कार्य समितिले डा सिंहको नाम सिफारिस गरेको पुष्टी गर्नुभयो । यसअघि जिल्ला तथा स्थानीय नेताहरु समेत अमरेशको नाम सिफारिस नगर्न जोड दिँदै आएका थिए ।
कांग्रेस नेता डा सिंह २०७० र २०७४ मा लगातार दुईपटक सर्लाही क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका