डा. रवीन्द्र पाण्डे भन्नुहुन्छ : डेंगीसंग धेरै डर मान्ने / आत्तिने गर्नु जरुरी छैन

Read Time = 6 mins

कामठाडौं । काठमाडौँ उपत्यका लगायत देशका अन्य जिल्लामा दैनिक डेङ्गुका बिरामी बढिरहेका छन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर त्यही सिटामोलजस्तो औषधिको अभाव भएको जनाइएको छ ।

अहिलेसम्म छ हजारभन्दा बढी डेङ्गुका बिरामी पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ ।

यसबारे जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे सामाजिक सञ्जालमार्फत लेख्नुहुन्छ :

गुगल डेंगी र वास्तविक डेंगी

.....................................................
- अहिले जतासुकै डेंगीको चर्चा छ | उपदेशको बाढी आएको छ | हाम्रोमा डेंगी कस्तो देखिएको छ त ? यो महत्वपूर्ण हो |
- सुरुमा उच्च ज्वरो आउने, टाउको / आँखाका गेडी, हातखुट्टा तथा ढाड एकदम दुख्नु यी लक्षण देखिएकाछन् | यो अवस्थाको केहि दिनपछि वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, मुख तितो हुने लक्षण देखिएका छन् | यी लक्षणपछि शरीरमा राता बिमिरा आउने, बिमिरा बिनापनि रातो एलर्जीजस्तो आउने, चिलाउने, असाध्यै गल्ने देखिएको छ |
- रगतको जांच गर्दा सुरुमा Dengi NS1 Ag – Positive देखिन्छ | प्लेट्लेट्स नर्मल वा अलिकति घटेको देखिन्छ | त्यसपछि प्लेट्लेट्स घट्दै जान्छ | त्यसैले सके दैनिक नभए १ दिन बिराएर प्लेट्लेट्स जांच गरिरहनु पर्दछ | डेंगी लागेको ५-६ दिनमा IgM Positive , धेरै केसमा NS1 Ag र IgM दुवै पोजिटिभ देखिन्छ | यो अवस्थामा प्लेट्लेट्स निकै घटेको हुनसक्छ | डेंगी निको भएर शरीरमा एन्टिबोडी बनेपछि IgG पोजिटिभ देखिन्छ | Blood CBC दैनिक वा १ दिन बिराएर गरेपनि डेंगी र्यापिड टेस्ट फेरी गर्नु जरुरी छैन | CBC मा टोटल काउन्ट अर्थात WBC घटेको, हेमोग्लोबिन बढेको पनि हुन्छ, धेरै केसमा | त्यस्तै लिभर इन्जाइम SGOT, SGPT पनि बढेको हुनसक्छ | कलेजो र फियो सुन्निएको हुनसक्छ |
- डेंगीमा के बार्ने भनेर धेरै टाउको दुखाउनु पर्दैन | Ibuprofen, Nimuselide, Aceclofenac, Diclofenac, Aspirin लगायतका पेन किलर खानु हुँदैन | ज्वरो आएपनि, टाउको दुखे पनि, ढाड दुखेपनि खाने paracetamol मात्र हो | रक्सी खानु भएन | धेरै गुलियो नखाने | आफूलाई पच्नेगरी, Gastritis नहुने गरी नर्मल खाना, फलफूल, झोलिलो खाना, ब्लडप्रेसर लो भए जीवनजल मजाले खान सकिन्छ | हामीले जति पोषिलो खाना खान्छौं, त्यति छिटो हामीलाई निको हुन्छ | महंगा भिटामिन, फुड सप्लिमेन्टको जरुरी पर्दैन | खाना खान नसक्ने व्यक्तिलाई भिटामिन, सलाइन अवस्था हेरेर दिन सकिन्छ |
- धैर्य गरेर पोषिलो खाना खाएमा अस्पताल जानु पर्दैन | यदि ज्वरो नियन्त्रणमा नआएमा, बिरामीले खाना / पानी सेवन गर्न नसके / नखाए, नाक/मुख/गिंजा लगायत कुनै पनि अंगबाट रगत आएमा, Bleeding disorder का बिरामी, गर्भवती, शिशु, जोखिम स्वास्थ्य भएका व्यक्ति, प्लेट्लेट्स ७० हजारबाट घटेमा, पेट धेरै दुखेमा, पेट वा अन्य अंगमा पानी जम्मा भएमा, कलेजो सुन्निएमा ... तत्काल अस्पताल जानुपर्दछ | हेरौं भनेर हेर्नु हुँदैन |
- डेंगीसंग धेरै डर मान्ने / आत्तिने गर्नु जरुरी छैन | ९० % भन्दा धेरैलाई सामान्य उपचारले निको हुन्छ | अस्पतालबाट निको हुने प्रतिशत धेरै छ | यसको मृत्युदर निकै कम छ |
- जुत्ता, लामो मोजा, हातखुट्टा छोप्ने कपडा लगाउने, हात तथा घाँटीमा ओडोमस क्रीम हल्का लगाउने, घरमा पानी जम्न नदिने / सुख्खा राख्ने, लामखुट्टेलाई खोज र नष्ट गर अभियान चलाउने, स्प्रे/धुप/झोल /झुल दिउँसो पनि प्रयोग गर्ने र कार्यस्थल पनि लामखुट्टेमुक्त बनाउने हो भने डेंगी सर्दैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?