साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको जित

Read Time = 1 min

काठमाडौं । श्रीलंकामा जारी यू-१७ साफ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गरेको छ । पहिलो हाफमा भारतसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल थप्दै जित निकालेको हो ।

श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न खेलमा एक गालले पछि परेको अवस्थाबाट नेपालले पहिलो हाफमा बराबरी गरेको थियो ।

खेलको २५औं मिनेटमा डेनी मैतेइलले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको निर्धारित समयको एक मिनेट बाँकी रहँदा नेपालका सरोज दर्लामीले गोल फर्काएका थिए ।

खेलको दोस्रो हाफमा नेपालका लागि उनेश बुढाथोकी र सुवास बमले गरेका थिए । खेलको ४९औं मिनेटमा गोल गर्दै उनेशले अग्रता दिलाएका थिए भने ६७औं मिनेटमा गोल गर्दै सुवासले अग्रतालाई ३–० मा पुर्‍याएका थिए ।

आजको खेलमा जित निकालेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?