टेबुलटेनिसमा ललितपुलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुर महानगरपालिका वडा-८ ले दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा-८ ले ललितपुर वडा १६ लाई ३-२ ले पराजित गर्‍यो । विजयी टिमबाट रुविन महर्जन र विपुल महर्जनले प्रतिस्पर्धा गरेका थिए ।

बुधबार महिला टिम इभेन्टमा गोदावरी नगरपालिका वडा-१ पहिलो भएको थियो । काठमाडौं महानगरपालिका वडा-२५ र भक्तपुर नगरापलिका वडा-५ तेस्रो हुनुभयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको महिला सिंगल्समा संखुवासभा वडा-४ की वियंका राई र ललितपुर १२ की इभाना थापामगर फाइनलमा प्रवेश गर्नुभयो । वियंकाले गोदावरी-१ की सतिश्मा थापालाई ११-३, ११-२ र ११-१ तथा इभानाले गोदावरी १ कै प्रणिका कुँवरलाई ११-८, ११-६ र ११-९ को सोझो सेटमा हराउनुभयो ।

पुरुष सिंगल्समा लम्जुङ-१९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गर्नुभयो । विनेशले काठमाडौं-२५ का अमरलाल मल्ललाई १०-१२, ११-४, १०-१२, ११-८, १०-१२, ११-४ र ११-९ तथा संयोगले नरहरिनाथ गाउँपालिका वडा २५ का हिमाल विष्टलाई ११-९, ११-६, ११-५ र ११-८ को सेटमा पाखा लगाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?