चन्द्रकान्त खनाल/हिटा
बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देही विकासको पाठशाला भएको बताउनुभएको छ । देशका सबै निर्वाचन क्षेत्रको विकासको तथ्यांक हेरेर त्यसको पुष्टि भएको र यसमा सबैको साथ रहेको उहाँको भनाइ थियो ।
बुटवलमा शुक्रबार आयोजित कानुन विद्यार्थी समाज कालिकाको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अरूले कल्पना नगरेको विकासको सुरुवात रुपन्देहीबाट भएको बताउनुभयो । ‘अरूले कल्पना नगरेका विकास निर्माणका काम हामीले अघि बढाएका छौँ । भौतिक पूर्वाधारको विकासले मात्र होइन मानवीय विकासका हिसाबले पनि रुपन्देहीलाई पहिलो बनाउँछौँ । उपाध्यक्ष पौडेलले भन्नुभयो । रुपन्देहीलाई भौतिक पूर्वाधारको विकाससँगै मुलुकको शैक्षिक केन्द्रको रूपमा विकास गरिने पौडेलको भनाइ छ ।
उहाँले भविष्यमा मुलुकको सर्वोच्च कानुनी तहमा पुग्न शुभेच्छा गर्नुभयो । शैक्षिक विकासमा कालिकाले गरेका योगदानको उल्लेख गर्दै उहाँले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेखसमेत गर्नुभयो । पौडेलले भन्नुभयो, अझ आकर्षक शैक्षिक संस्थाको रूपमा विकास गर्नका लागि हाम्रो प्रयास हुनेछ । यसलाई हामीले पछि पर्न दिने छैनौँ । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद दीपा विक, कालिका मानव ज्ञान माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी, विद्यालयका प्राचार्य दिनेश थापा र दिनेश अर्यालले सम्बोधन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच